६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काली नागरिक विमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौँ। अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

श्रीलङ्कन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । विमानस्थलमा जाँचका क्रममा उनको सुटकेसबाट उक्त पदार्थ फेला परेको हो । उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई अवैध दुई किलो एक सय ग्राम गाँजा र रु २७ हजार चार सय ३० सहित पक्राउ गरेको छ । प्रहरीले उनको घर खनतलासी गर्दा उक्त गाँजा फेला परेको हो । रासस