३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव बङ्गलादेशको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यसअवसरमा यहाँस्थित बङ्गलादेशी राजदूतावासका कार्यवाहक राजदूत महम्मद हुमायु कवीरले बङ्गलादेश र नेपालबीचको परापूर्वकालदेखिको मैत्रीपूर्ण सांस्कृतिक एवं सामाजिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ हुँदै गएको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घ, विश्वशान्ति स्थापना, जलवायु परिवर्तन, अल्पविकसित मुुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका रणनीतिलगायत विषयमा नेपालसँग आफ्नो देशले निकट सम्पर्कमा रहेर काम गर्दै आएको बताउनुभयो ।

समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका बङ्गलादेशका नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति थियो । रासस