६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालगढमा सातै प्रदेशका उपसभामुखको सम्मेलन शुरु



अ+ अ-

काठमाडौँ । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीवारदेखि शुरु भएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा सङ्घीयता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता कार्यान्वयनका उपलब्धिहरू प्रचारप्रसारमा कमजोर रहेको बताउनु भयो । उहाँले नेपाललाई आफ्नो पहिचानमा चिनाउँदै पर्यटनमार्फत अर्थतन्त्र सुदृढ गर्न सकिने धारणा राख्नुभयो । सम्मेलनमा संघ र प्रदेशका उपसभामुखहरू तथा संविधानविद् काशीशरण दाहालको सहभागिता रहेको छ । सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रश्तुत गरिनेछ ।