२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालगढमा सातै प्रदेशका उपसभामुखको सम्मेलन शुरु



अ+ अ-

काठमाडौँ । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीवारदेखि शुरु भएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा सङ्घीयता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता कार्यान्वयनका उपलब्धिहरू प्रचारप्रसारमा कमजोर रहेको बताउनु भयो । उहाँले नेपाललाई आफ्नो पहिचानमा चिनाउँदै पर्यटनमार्फत अर्थतन्त्र सुदृढ गर्न सकिने धारणा राख्नुभयो । सम्मेलनमा संघ र प्रदेशका उपसभामुखहरू तथा संविधानविद् काशीशरण दाहालको सहभागिता रहेको छ । सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रश्तुत गरिनेछ ।