१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पर्यटकलाई सीमापार आगमन सहज बनाउने प्रयास-नेपाल पर्यटन बोर्ड



अ+ अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरुका लागि सीमापार आवागमन सहज बनाउने प्रयास गरिरहको जनाएको छ

नयाँदिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरणः धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा मङ्गलबार सम्पन्न कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटकको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो ।

वरिष्ठ निर्देशक ऐरले भन्नुभयो, “हामीले भारतीय पर्यटकको आवागमन सहजता बनाउने प्रयास गरिरहेका छौँ ।” यसका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका कामहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमा पार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बोर्डकातर्फबाट वरिष्ठ निर्देशक ऐयर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गर्नुभएको थियो ।

नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन भारतका संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत, नेपालका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र भारतका लागि नेपालका राजदूत डा शङ्कर प्रसाद शर्माले संयुक्त रूपमा गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल–भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्यसम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठीहरू आयोजना गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पवेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटनजस्ता विषयवस्तुहरू प्रस्तुत गरेको थियो । स्टलमार्फत विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका तथा नेपाली पहिचान झल्काउने सामग्रीहरू वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली परिकारहरूको प्रदर्शनीले भारतका आगन्तुकलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो । साथै, नेपाली हस्तकला र स्थानीय उत्पादनहरूको प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गरेको बताइएको छ । रासस