२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम



अ+ अ-

चितवन। जिल्लाका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तरगत व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको १२ हेक्टर क्षेत्रफलमा कार्यक्रम लागू गरिएको छ ।” नेपालमा हुने प्याज आयात रोक्नका लागि कार्यक्रम गरिएको बताउँदै उहाँले भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

यस्तै मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको उहाँले बताउनुभयो । पुसको अन्तिम सातादेखि लगाइएको प्याज वैशाख १५ गतेदेखि उत्पादन लिन थालिने भन्दै उहाँले पहिलो पटक गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर आगामी कार्यक्रम ल्याइने बताउनुभयो । प्याजखेती गर्दा विषादीको प्रयोग कम हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न खोजिएको हो ।

वैशाख जेठमा उत्पादन हुने भएकाले भण्डारणमा समस्या हुने भए पनि यसलाई व्यवस्थित गर्न सके आयात रोक्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।रासस