२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनयता २९ जना कैदीले लिए सुविधा



अ+ अ-

चितवन। जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् ।

उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको कैद सजायअनुसार दैनिक रू तीन सयका दरले रकम जम्मा गरेर कैद भूक्तानी सुविधा लिएका हुन् । सो कार्यविधिमा एक वर्ष वा सोभन्दा कम कैद तोकिएका कैदीले कैद बापतको रकम एकमुष्ट जम्मा गरेर सुबिधा लिन पाउने व्यवस्था छ ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको असोजमा एक जना, मङ्सिरमा एक जना, माघमा १० जना, फागुनमा १० जना र चैतमा सात जनाले यो सुविधिाको प्रयोग गरेका छन् । उहाँका अनुसार कोभिड–१९ को समयमा यो सुविधा लिएको भए पनि पछिल्ला दिनमा खासै यो सुविधा लिएका थिएनन् ।

यसवर्ष यो सुविधा लिनेको सङ्ख्या बढेको हो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा यो सुविधा लिनेको सङ्ख्या न्यून थियो ।” यो सुविधाका लागि कसुरदारको उमेर, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा वा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा नदेखिएमा यो सुविधा दिइने गरेको छ । यो सुविधाका लागि कसुरदारले कुनै पनि प्रकारको कसुर नगरी राम्रो आचारण पालना गर्ने छु भनि कागज गर्नुपर्नेछ ।

यसरी सुबिधा लिएर छुटेका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कसुर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थपी सजाय कार्यान्वयन गरिने उहाँले बताउनुभयो । कारागारमा अहिले सात सय १० जना कैदीबन्दी रहेका छन् । जसमा ६ सय ६७ जना पुरूष र ४३ जना महिला छन् । यस कारागारको क्षमता दुई सय ५५ जना पुरूष र २५ जना महिलाको हो ।रासस