२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

सगरमाथा संवाद पारदर्शी र समावेशी बनाउन माओवादी केन्द्रको आग्रह

सगरमाथा संवाद पारदर्शी र समावेशी बनाउन माओवादी केन्द्रको आग्रह
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको वन, वातावरण तथा जलवायु विभागले आसन्न सगरमाथा संवादसम्बन्धी तयारी प्रक्रिया पारदर्शी, समावेशी र राष्ट्रिय सहमतिमा आधारित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

विगतका ऐतिहासिक योगदानहरूको समावेश, सबै सरोकारवाला पक्षको सहभागिता र पारदर्शी प्रक्रियाको सुनिश्चितताको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गरिएको विभागका प्रमुख माधव सापकोटाले बताउनुभयो ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण पछि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा सांसदसमेत रहनुभएका सापकोटाले सन् २००९ मा सगरमाथाको आधार शिविरमा सम्पन्न मन्त्रिपरिषद् बैठक, २०२३ मा संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण, संसद्मा गरिएको सम्बोधन तथा कोप–२८  र २९ मा नेपालद्वारा आयोजना गरिएको उच्चस्तरीय कार्यक्रमहरू नेपालको जलवायु कूटनीतिको आधार भएकाले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय बहसमा नेपालको पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सम्पूर्ण राजनीतिक दल, विज्ञ, निजी क्षेत्र, नागरिक समाज र आमजनताको सहभागिता अनिवार्य रहेको बताउनुभयो ।

नेपाल सरकारको आयोजनामा आगामी जेठमा आयोजना हुने सम्मेलनमा विगतमा जलवायु कूटनीतिका क्षेत्रमा भएका पहलहरूलाई समेट्नुपर्ने आवश्यकता ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सगरमाथा संवादको अवधारणा र कार्ययोजना तयार पार्ने क्रममा सीमित वृत्तमा निर्णय लिइएको जनाउँदै माओवादी केन्द्रले सगरमाथा संवादलाई सबै पक्षको सहभागितामार्फत राष्ट्रिय स्वामित्वको कार्यक्रम बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराएको सापकोटाको भनाइ छ ।

पत्रकार सम्मेलनमा जलवायु न्याय र हिमाली क्षेत्र संरक्षणको विषय संवेदनशील र कूटनीतिक रूपमा महत्त्वपूर्ण भएकाले साझा दृष्टिकोण र सहमतिमा आधारित स्पष्ट अवधारणाको आवश्यकता औँल्याउँदै विभागले सगरमाथा संवादलाई राष्ट्रिय गौरवको अवसरका रूपमा स्थापित गर्न सकिने सापकोटाले बताउनुभयो । रासस