५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा
अ+ अ-

कास्की। पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

पोखरा रङ्गशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया अन्तिम चारमा पुग्न सफल भयो ।

यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । खेलमा जितका लागि १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४ ओभरको दोस्रो बलमा चार विकेट गुमाउँदै भेट्टायो । अत्तरियाका निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अर्जुनले १४ बलमा दुई चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिँदै आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिँदै आउट भए । ओपनर सोहनकुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारीले रन बनाए ।  अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २/२ तथा भोजराज भट्टले एक विकेट लिए ।

त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैँचा क्रिकेट क्लबलाई सात विकेटले हराएको थियो । १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२ ओभरको तेस्रो बलमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

अत्तरियाले कूल तीन खेलमा तीन जित हात पार्दै छ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले तीन खेलमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले तीन खेलमा एक जित दुई हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा रहँदा सुन्दरहरैँचा क्रिकेट क्लब जितविहीन हुँदै पुछारमा रह्यो । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल काठमाडौँ र हिमाल फ्रेण्ड्स तथा दोस्रो सेमिफाइनल गण्डकी र अत्तरियाबीच हुनेछ ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच  लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।  रासस