५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक



अ+ अ-

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बैठक जारी छ । सत्तारुढ दलहरुबीच नै सरकारको भविष्यलाई लिएर आशंका उब्जिरहेका बेला आज नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो ।

सरकारको कामका विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताले चर्को आलोचना गरेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र गठबन्धन दलले आलोचना नगर्ने विषयमा छलफल हुने बताइएको छ ।

संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ,उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल,एमालेका महासचिव शंकर पोखरेल ,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक सहभागी हुनुहुन्छ ।