२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं । मधेशवादी अभियन्ता एवं मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।

जाहेरवाला पक्षको दाबी पुष्टि हुने–नहुने कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । पीडितले राष्ट्रिय महिला आयोगमा पुगेपछि केही महिला अधिकारकर्मी लिएर प्रहरीमा जाहेरी दिएकी हुन् ।

तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

तर, कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।