४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

नेकपा विवादले कार्यकर्ता निराश: दुई अध्यक्षले उत्साह जगाउने विश्वास

नेकपा विवादले कार्यकर्ता निराश: दुई अध्यक्षले उत्साह जगाउने विश्वास
अ+ अ-

– कृष्ण दवाडी 
कास्की । “कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकालाई त मज्जा आएको होला, आफन्त गुमाएका परिवार, घाइते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ”, गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका नेकपा प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्नुभएको भनाइ हो यो । 

सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ, त्यसरी नै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित सङ्कटबाट चिन्तित छन् । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति  केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेका दुई कम्युनिष्ट पार्टी एकताबद्ध भएको दुई वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो ।
 
पार्टीको अहिलेको विवादले चरम निराशा छाएकाले नेतृत्वले सुझबुझ ढङ्गबाट मतभेदको समाधान गरी सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह दिन सक्नुपर्ने भनाई प्रदेशसभा सदस्य बरालको छ । “तत्कालीन दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग, समर्पण र बलिदानबाट स्थापित भएको हो, देशको समृृद्धिको अगुवाइ गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौँ”, बरालले भन्नुभयो, “अहिलेको अन्तरविरोधलाई हल गरेर दुई अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुशीको खबर दिनुहुने विश्वास छ ।”

कास्कीको माछापुुच्छ«े गाउँपालिका–२ सार्र्दीखोलाका हर्कबहादुर घर्ती क्षेत्रीले कम्युनिष्ट पार्टीमा चार दशकभन्दा बढी समय खर्चिनुभयो । उहाँको घर पञ्चायतकालमा नेकपाका नेता वामदेव गौतम, स्व जीवराज आश्रित, किरण गुरुङलगायतका नेताहरुको ‘सेल्टर’ थियो । विसं २०३४ देखि तत्कालीन नेकपा मालेमा आवद्ध भएर शिक्षणसहित पार्टी राजनीतिमा लाग्नुभएका उहाँ ७५ वर्षको उमेरमा समेत सक्रिय हुनुहुन्छ र नेतृत्वमा देखिएको अहिलेको विवाद समाधान हुने तथा पार्टी नफुट्नेमा विश्वस्त रहनुभएको छ । 

तत्कालीन नेकपा एमाले र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उहाँले पार्टीका दुई अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेताहरुलाई समेट्नुपर्ने उहाँको भनाइ छ । लामो समय स्वतन्त्रता र परिर्वतनका लागि सङ्घर्ष गरेका, पार्टी निर्माणमा आफ्नो जीवन समर्पण गरेका नेताले नेतृत्व गरेको पार्टी विभाजन नहोला भनेर भित्रैबाट लागे पनि अहिलेको विवाद बढ्दै गएर पार्टी विभाजन हुने हो कि भन्ने चिन्ताले भने आफूलाई सताइरहेको क्षेत्री बताउनुहुन्छ ।
 
उहाँले भन्नुभयो, “आफू भोकै बसेर भए पनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुख सुविधा र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए । अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आफू÷आफू शक्तिका लागि लड्न थाले”, क्षेत्री भन्नुभयो, “अझै पनि समय छ स्थायी कमिटी, सचिवालयमा नेताले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूूलो बनाएर त्याग गरेर भए पनि पार्टी बचाउलान् भन्नेमा छौँ ।”

नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल जनताको चाहना, देशको आवश्यकता र दुई अध्यक्षको निर्णय गर्ने क्षमताका कारण दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि पार्टी एकता भएकाले अहिलेको गतिविधि तत्काल रोेकिनुपर्ने बताउनुहुन्छ ।
 
“कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन, जनताका बीचमा गरेका कबोल पूरा गर्नेतर्र्फ ध्यान दिनु आवश्यक छ, महानगर कमिटीले विज्ञप्तिमार्फत नेतृत्वलाई एकताबद्ध हुन आग्रह गरिसकेका छौँ”, पौडेलले भन्नुभयो । राष्ट्रिय युवासङ्घका जिल्ला संयोजक भोजराज पौडेलले केन्द्रमा चलेको विवादले तल्लो तहमा सङ्गठनात्मक गतिविधि तथा एकीकरणका बाँकी कामसमेत प्रभावित भएको बताउनुभयो ।

दुई अध्यक्षले एकताको मर्म र भावनालाई आत्मसात गरेर जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको म्याण्डेटअनुसार पार्टी विधि र विधानमा सञ्चालन गर्दै आम जनताको सपना साकार पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीलाई जनताले दिएको मतको कदर गरेर सरकार सञ्चालन गर्नुपर्दछ, पार्टी विभाजनको कुनै पनि गुञ्जायाससमेत कार्यकर्तालाई सह्य छैन ।”