२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षीया बालिका हत्या प्रकरणमा दाइ पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा दाइ पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मृतकका १५ वर्षीय दाइलाई पक्राउ गरिएको हो ।

मंगलबजार बस्ने भगबती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गतेरातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

सोही निवेदनका आधारमा खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव भेटिएको थियो ।

त्यसपछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा अनुसन्धान गर्दा दाइकै संलग्नता खुलेसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबजार एरियाबाट नियन्त्रणमा लिइएको हो ।