४ भाद्र २०८३, बिहीबार
,
Latest
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, को पुग्ला सेमिफाइनलमा ?



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । क्वाटरफाइनलको दोस्रो लेगका खेलहरु हुन लागेका हुन् ।

आज मध्यरातमा इंग्लिश क्लब एस्टन भिल्लाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्दैछ । खेल राति पौने एक बजे भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा सुरु हुनेछ ।

यसअघि भएको पहिलो लेगमा घरेलु मैदानमा जित निकालेको पिएसजी एग्रिगेटमा ३–१ ले अघि छ । आजको खेलमा भिल्लाको लागि चुनौतिपूर्ण छ ।

यस्तै, सोहि समयमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल डर्टमण्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा हुनेछ ।

यसअघि पहिलो लेगमा सहज जित निकालेको बार्सिलोना एग्रिगेटमा ४–० ले अघि छ । बार्सिलोनको सेमिफाइनल यात्रा सहज बनेको छ भने डर्टमण्डलाई कठिन छ ।