६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै



अ+ अ-

पोर्चुगल। पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का (बिस्केट) जात्रा मनाउने भएका छन् ।

नेवाः खल पोर्चुगलको आयोजनामा मङ्गलबार राजधानी लिस्बनमा बिस्का जात्रा मनाउन लागिएको हो । खलले लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टको हलमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित भव्यताका साथ जात्रा (नखः) मनाउने खलका संयोजक अमृतरत्न शाक्यले जानकारी दिनुभयो ।

नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्ने उद्देश्यअनुरुप विदेशी भूमिमा समेत बिस्का जात्रा मनाउन लागिएको उहाँको भनाइ छ । नेवारी कला र संस्कृतिको माध्यममार्फत पोर्चुगलमा छरिएर रहेका नेवार समुदायलाई एकत्रित गर्न, आपसी मेलमिलाप, सहकार्य र भाइचारालाई थप प्रगाढ बनाउन जात्राको आयोजना गरिएको संयोजक शाक्यले बताउनुभयो ।

कार्यक्रममा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिनेछ, समयबजी, टीकाटाला, ध्वजा र सगुन ग्रहण तथा शुभकामना आदानप्रदानको कार्यक्रम तय भएको खलले जनाएको छ । त्यस अवसरमा नेपाली तथा नेवारी खानाका परिकारका साथै नेवारी कला र संस्कृति झल्कने सांस्कृतिक झलकहरू प्रस्तुत गरिने जनाइएको छ । रासस