काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जनाएको छ । विभागले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुनुका साथै दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै, प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।










