१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

आर्थिक उन्नयनको मार्ग देशलाई अग्रसर गराउन सरकार क्रियाशील छ- पृथ्वी सुब्बा गुरुङ

आर्थिक उन्नयनको मार्ग देशलाई अग्रसर गराउन सरकार क्रियाशील छ- पृथ्वी सुब्बा गुरुङ
अ अ+ अ-

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।

विगतमा सरकार अस्थिर हुँदा विकास–निर्माणका काम रोकिएका, समयानुकूल ऐननियम नहुँदा प्रक्रियागत एवं संरचनागत सुधार हुन नसकेकाले ती सबै वेथिति बिसाउँदै वर्तमान सरकार जनताका विकासका चाहना पूरा गर्ने प्रयासमा लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा भएका त्रुटि सच्च्याएर अघि बढेका छौँ, विकृति र विसङ्गतिका फोहर फालेर अघि बढ्नुपरेकाले नयाँ काममा केही ढिला भएकोजस्तो देखिएको हो ।”

फरक प्रसङ्गमा उहाँले वर्तमान शिक्षा प्रणाली अव्यावहारिक भएको र ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या पनि न्यून रहेकाले त्यसको सुधार गर्दै व्यावहारिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले अघिल्लो सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धराशायी भएको, औद्योगिक उत्पादन बन्द भएकाले राष्ट्रलाई असफल हुनबाट जोगाउन कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको बताउनुभयो । वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने उहाँले बताउनुभयो ।

स्वास्थ्योपचारलाई सर्वसुलभ बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ थियो । जटिल रोगको उपचार र शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउने दिशामा काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उक्त उद्घाटन कार्यक्रममा वडाध्यक्ष लक्ष्मण शाहीको अध्यक्षता थियो भने अतिथिहरु राइनास नगरपालिका प्रमुख खडक गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, विभिन्न जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । रासस