२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा हनुमान जयन्ती शोभायात्र विवादः पाँच बुँदे सहमति (पत्रसहित)



अ+ अ-

पर्सा । वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा चैत ३० गते उत्पन्न भएको विवादलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ ।

दिनभर चलेको छलफलपछि प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । जसले वीरगञ्जमा शान्ति स्थापना हुने आशा जगाएको छ ।

बैठकले मुख्य रूपमा पाँचवटा विषयमा सहमति गरेको छ । जसमा हनुमान जयन्तीको शोभायात्रामा भएको घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानूनी प्रक्रियाअनुसार आवश्यक कारबाही गर्ने, सद्भाव र सहिष्णुता कायमः बैठकमा सहभागी सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै घटनाको अनुसन्धान तथा कानूनी प्रक्रियामा पूर्ण सहयोग पु¥याउने सहमति पनि भएको छ । घाइतेको उपचार र क्षतिपूर्ति, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिने भएको छ । यसका साथै घटनाबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

धार्मिक, सांस्कृतिक र जातीय कुनै पनि कार्यक्रममा हतियार प्रदर्शनलाई पूर्ण रूपमा निषेध गरिएको छ । यदि यस्तो कार्य गरेको पाइएमा दोषीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । पर्सा जिल्लामा सञ्चालित सम्पूर्ण धार्मिक संस्था र तिनीहरूले चलाएका विद्यालय, मदरसा लगायतका संस्थाहरूको सुक्ष्म अनुगमन गरिने भएको छ ।

यदि कुनै अनियमितता भेटिएमा आवश्यक कारबाही अगाडि बढाइनेछ । यस सर्वपक्षीय सहमतिलाई स्थानीयवासी र सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन् । उनीहरूले वीरगञ्जमा शान्ति र सद्भावको वातावरण निर्माण गर्न आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।