२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्वर्डका प्राध्यापकहरूले ट्रम्पमाथि मुद्दा हाले



(AP Photo/Alex Brandon)
अ+ अ-

एजेन्सी । अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध म्यासाचुसेट्सको संघीय जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

विश्वविद्यालयको कोष रोक्ने धम्कीविरुद्ध प्राध्यापकहरूको दुई समूहले यो मुद्दा दायर गरेका हुन् । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको लागि ९ अर्ब डलरको कोषको समीक्षा गर्दैछ ।

हार्वर्डका प्राध्यापकहरूले ट्रम्पको निर्णयले अमेरिकी संविधानको पहिलो संशोधनको उल्लङ्घन गरेको बताएका छन् ।

प्राध्यापकहरूले विश्वविद्यालयको कोष कटौती गर्नु अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको आरोप लगाएका छन् ।

अदालतमा दायर गरिएको निवेदनमा ट्रम्प प्रशासनको निर्णयमाथि रोक लगाउन पनि माग गरिएको छ ।

हालै ट्रम्प प्रशासनले हार्वर्डलाई एउटा पत्र पठाएको छ। यस पत्रमा विश्वविद्यालयलाई केही सर्तहरू पूरा गर्न भनिएको थियो । त्यसो गर्न असफल भएमा विश्वविद्यालयलाई संघीय कोष रोक्ने खतरा थियो ।