८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितको विवरण पारदर्शी होस् – डा. रवीन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आम जनताको बुझाइ छ । विवरण दिंदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन । जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ । उदाहरणको लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने ? काठमाडौं महाबौद्ध बस्ने बर्ष … को भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ । त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ  ।

सूचनाको हक स्वास्थ्य मन्त्रालयले उल्लङ्घन गर्नु हुँदैन् । ठेगाना लुकाउँदा वा स्थायी ठेगाना भन्दा आम मानिसमा सरकारले संक्रमितको संख्या लुकाएको भन्ने आशंका व्याप्त छ  । अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या उल्लेख गरेका छन् , हामीले त्यहि गर्नुपर्छ  ।

परीक्षण नगरेको ठाउँमा गरेको भन्ने भनाइ आएको छ  । जिम्मेवार पदमा बसेका व्यक्तिले आधिकारिक कुरा मात्र बोल्नुपर्छ । जनतालाई झुठो कुरा गर्नु, सुचना अपुरो दिनु वा अन्यथा दिनुलाई पनि अख्तियारी दुरुपयोग गरेको मानिन्छ । त्यस्तै सुचनाको अधिकार हनन गरेको पनि मानिन्छ ।
सरकारले सहि विवरण, पारदर्शी विवरण तथा यथार्थ जानकारी दिने काम गरोस्  ।

त्यस्तै आदरणीय पत्रकारहरुले सहि र पुरा समाचार आधिकारिक निकायबाट संकलन गरेर सुचित गर्नुहुन अनुरोध गर्दछु  ।