४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भरतपुर महानगरपालिकालाई चीनको २७ लाखको सहयोग

भरतपुर महानगरपालिकालाई चीनको २७ लाखको सहयोग
अ+ अ-

चितवन । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो । रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो । भरतपुर महानगरपालिका र चीनको गुर्मुसिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायमको प्रक्रियामा रहेको छ ।

सामान प्राप्त भएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताउनुभयो । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले एन–९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी कीट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल पञ्जा चार हजार थानलगायत स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरेको हो ।

मित्र राष्ट्र चीनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनीय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने बताए ।

भरतपुर महानगरपालिका र चीनका शहरसँग प्रविधि हस्तान्तरणका साथै दुई पक्षीय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चीनको गुर्मु सिटीले पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो । यस्तै, बिहीबार संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलले कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।