११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणः चाँदीमा सुनको जलप लगाउने कालिगढ पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । साढे १४ किलो धातु चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । न्यूरोडको सुन पसलमा काम गर्ने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् ।

उनी चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने काम गर्ने बताइएको छ । यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।

यसैबिच शुक्रबार दिउँसो चलाइएको अपरेशनमा प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । जसको परीक्षण हुन बाँकी छ ।