काठमाडौं । साढे १४ किलो धातु चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । न्यूरोडको सुन पसलमा काम गर्ने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् ।
उनी चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने काम गर्ने बताइएको छ । यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।
यसैबिच शुक्रबार दिउँसो चलाइएको अपरेशनमा प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । जसको परीक्षण हुन बाँकी छ ।