६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेप्सीकोला टाउनप्लानिङबाट ६० लाखभन्दा बढी लुटियो, २० जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको थियो । लुटपाट घटनामा अनुसन्धान भइरहेको भन्दै प्रहरीले यसबारे थप जानकारी सार्वजनिक गरेको छैन ।

प्रहरी स्रोतका अनुसार लुटपाट भएको बताउने व्यक्ति बौद्ध बस्ने रितेश लामा रहेका छन् । रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।

जग्गाको बैना गर्न रकम लिएर आउनु भनेपछि उनी रकम लिएर गएका थिए । आफ्नो कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको उनी बताउँछन् ।

जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक व्यक्तिसँग कुराकानी गर्दैगर्दा ८–१० जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले बताएका छन् ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सिसिटीभी फुटेजमा देखिएअनुसार लुटेरा समूह मोटरसाइकल र स्कुटरमा चढेर फरार भएका थिए ।

पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।

लामाले ६० लाख लुटिएको बताएपनि पछि हिसाब गर्दा भने ७६ लाख रहेको दाबी गरेको प्रहरीले बताएको छ ।

उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । उक्त रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार समेत प्रहरीले अनुसन्धान अघि बढाउने भएको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।