९ बैशाख २०८२, मंगलवार
,
Latest
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन् मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री तरकारी खेतीबाट आत्मनिर्भर मीना कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो: प्रधानमन्त्री सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप एसिया छनोटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोलि नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपटक पनि सुखद नतिजाको आशा गरेका छन् ।

उनले लामो समयदेखि तयारी गरिरहेको र केही अभ्यास खेलहरू पनि खेलेको उल्लेख गरे ।

यस क्रममा दिल्लीको टिम र अफगानिस्तानको यु–१९ टोलीसँगको अभ्यास खेलमा पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो । त्यसैले पनि घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै छनोट हुने नेपाली टोलीको लक्ष्य छ ।

यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ । नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो ।

खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा रहेका छन् ।