४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल, सिटीको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ६१ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा योआने वीसाले गोल फर्काउँदै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीसँगै आर्सनल ३२ खेलबाट ६३ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ । ब्रेन्टफोर्ड ४३ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५–२ गोलले हरायो । घरेलु मैदान इतिहाडमा सिटी दुई गोलले पछि परेको थियो । खेलको ८ औं मिनेटमा एबेरेची एजेले तथा २१ औं मिनेटमा क्रिस रिचार्ड्सले गोल गर्दै प्यालेसलाई २–० को अग्रता दिलाएका थिए ।

तर, ३३ औं मिनेटमा केभिन डि ब्रुएनाले र ३६ औं मिनेटमा ओमार मार्मोसले गोल गर्दै सिटीलाई पहिलो हाफमै २–२ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा माटिओ कोभासिच, जेम्स म्याक्टी र निको ओ’रेलीले गोल गर्दै सिटीलाई ५–२ को जित दिलाए । योसँग सिटी ३२ खेलबाट ५५ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । प्यालेस ३१ खेलबाट ४३ अंकका साथ १२ औं स्थानमा छ ।