२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ



अ+ अ-

सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले समाजवाद निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज यहाँ एमाले सप्तरीको १०औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले नेपालमा समाजवादको स्थापनाविना पार्टीले सोचअनुरुप सामाजिक जीवनमा परिवर्तन सम्भव नरहेको र कुनै पनि पार्टीले समाजवाद निर्माण गर्न नसक्ने बताउनुभयो ।

उपाध्यक्ष थापाले देशमा गरिबी निवारण, विकास तथा समृद्ध नेपाल निर्माणका लागि समाजवाद क्रान्ति आवश्यक रहेको र त्यो एमालेबाट मात्रै सम्भव हुने धारण राख्नुभयो । उहाँले भन्नुभयो, “एमालेलगायत पार्टीले लोकतन्त्रिक  गणतन्त्र ल्याउनका लागि योगदान दिए तर अब समाजवाद निर्माणमा एमाले पार्टीको अहम् भूमिका छ । यसमा हामीले गम्भीरताका साथ लाग्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस