२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डलले लामो समयदेखि नेपालमा रहेको जातीय भेदभाव तथा छुवाछूतलाई रोक्न समाजका सबैले सकारात्मक सोचसहित व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, मधेस प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान संविधानले जातीय भेदभाव तथा छुवाछूतको अन्त्य तथा सबैलाई समान अधिकारको घोषणा गरे पनि व्यहारमा परिर्वतन नआएकाले समस्या हुँदै आएको बताउनुभयो । उहाँले जातीय भेदभाव तथा छुवाछूतलाई रोक्न सबैले सकारात्मक सोच बनाउँदै आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।

सभामुख मण्डलले विगतका शासक तथा सामन्ती सोचका व्यक्तिहरूले  दलित, आदिवासी तथा जनजातिहरूको विकास गर्न नदिने, शिक्षा, स्वास्थ्य तथा रोजगारीबाट वञ्चित गराउनेजस्ता कार्यले यो वर्ग पिछडिएको भन्दै वर्तमान परिवेश र अवस्थाअनुसार सबै परिवर्तन हुँदै जानुपर्ने बताउनुभयो ।

मधेस प्रदेशका सांसद रामआशिष यादवले जातीय भेदभाव देशको समाजिक विकृतिका रूपमा रहेकाले जातीय तथा प्रान्तीय भेदभाव हटाउन समाजमा चेतना जागृत गराउनुपर्ने विचारु व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एक्काइसौँ शताब्दीको यस युगमा पनि जातीय भेदभाव राख्ने मानसिक रूपमा कमजोर सोच भएको व्यक्ति हो ।”

प्रदेश सांसद लखन दासले दलितमाथि विभिन्न बहानामा पटकपटक हुने घटनाको घोर विरोध गर्दै त्यस्तो कार्य गर्नेलाई कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । दलितमाथिको विभेद अन्त्य गर्नका लागि समाजका हरेक वर्गले आफ्नोतर्फबाट आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार कर्णले पत्रकारहरूले पनि समाजमा रहेका विभेद हटाउन कलम चलाउनुपर्ने भन्दै सबैलाई सकारात्मक परिवर्तनका पक्षमा कलम चलाउन आगह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहले दलितमाथि हुने भेदभाव अन्त्य गर्न सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार सङ्घ मधेस प्रदेश समितिका अध्यक्ष कैलाश दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस