२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै



अ+ अ-

बाँके। सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीको समूहलाई सचेतना अभिवृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो ।

किशोरीलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ । तालिममा रुपान्तरणका १५ विषयवस्तु मेरो सेरोफेरो, आत्म जागरण, अधिकार र कर्तव्य, लिङ्ग र लैङ्गिकता, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, खर्च र बचत, यौन तथा प्रजनन अधिकारलगायत विषयमा आधारित ज्ञान प्रदान गरिने युनिसेफको क्षेत्रीय कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताउनुभयो ।

शसक्त महिला समृद्ध नेपाल परियोजनाअन्र्तगत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्वारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुरका ३० जना किशोरीको सहभागिता छ । तालिम पश्चात् सहभागीले समुदायस्तरमा छुट्टाछुट्टै ४२ वटा सत्र सञ्चालन गर्नुपर्ने परियोजना कार्यक्रमका संयोजक शर्मिला पौडेलले बताउनुभयो ।

उहाँका अनुसार दुर्गम ग्रामीण क्षेत्रका किशोरकिशोरीको जीवनशैली परिवर्तन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिनुहुने छ । रासस