१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी



अ+ अ-

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीबाट वरपरको बस्ती प्रभावित हुने सम्भावना भएकाले स्थानीयवासीलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।