१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका
अ अ+ अ-

दार्चुला । मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा रहेको छ । “शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ”, वडा नं ३ का खडकसिंह धामी भन्नुहुन्छ”, शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके धेरै परिवर्तन सम्भव छ ।”

विसं २०७९ मा निर्वाचित भए लगत्तै जनप्रतिनिधिले विकास निर्माणका कार्य होस् या शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापनको कार्य होस्, गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक रहेको उहाँको बुझाइ छ ।

“कम्तीमा राम्रो गरेको कामलाई प्रंशसा गर्न सिकौँ”, वडा नं ४ का बलदेव सिंह धामीले भन्नुभयो, “राम्रो कामलाई प्रशंसा र नराम्रो कामलाई खबरदारी ग¥यौँ भने जनताका सपना पूरा गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुने हो ।”

गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का जिल्ला संयोजक पदमराज पन्त बताउनुहुन्छ । उक्त विचार प्रतिनिधिमुलक विचार मालिकार्जुनको आयोजना र दार्चुला विकास सङ्गठनले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त भएका हुन् । गाउँपालिकाको प्रथम र द्वितीय चौमासिक सार्वजनिक सुनुवाइको क्रममा स्थानीय अहिले पालिकाले गरिरहेको कामप्रति धेरै निराशावादी छैनन् । धेरै आशा गर्ने ठाउँ बाँकी रहेको भन्दै त्यसलाई सुधार गर्नेतर्फ भने स्थानीयले सुझाव दिएका छन् ।

नेकपा ९माओवादी केन्द्र० का जिल्ला संयोजक पन्तले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र कृषि पशु क्षेत्रमा गाउँपालिकाले अझै काम गर्नसक्ने अवस्था रहेको बताउनुभयो । “शिक्षामा केही प्रयास भएका छन्, कृषि पशुमा कर्मचारी राख्ने काम भएका छन्, तर वडामा गएर हाजिरी लगाउने मात्र नभई बजेट दिएर कृषि पशु क्षेत्रको विकासमा लगानी बढाउन सुझाव छ”, उहाँले भन्नुभयो, “पशु र कृषि प्राविधिक पठाएर मात्रै भएन, बीउविजन, औषधि, कृषियान्त्रीकरणका कुरा बढाउनुपर्छ, किसानलाई धेरै चाहिएको छैन, थोरै बजेटमार्फत हुने काम गर्नतर्फ पालिका अग्रसर हुनुप¥यो ।”

पालिकाका अधिंकाश वडा बस्तीमा अहिले पनि पम्पिङमार्फत गाउँमा खानेपानी पु¥याइएको छ । केही योजना निर्माणकै क्रममा छन् । जनताले पानीको महसुल र विद्युत्को महशुल दुवै तिर्नुपर्ने अवस्था रहेको छ । उहाँले भन्नुभयो, “विद्युत् र पानीमध्ये एउटा महशुल गाउँपालिकाले व्यहोर्ने गरी काम ग¥यो भने जनतामा सरकारप्रति नैराश्यता पैदा हुन पाउँदैन, जहाँ पनि करको भार मात्रै थोपर्ने हो भने जनतामा निराशा पैदा हुन्छ, सानातिना समस्या समाधानतर्फ अगाडि बढ्नुपर्छ ।”

गाउँपालिकामा निर्वाचित भए लगत्तै पालिकाकै स्काभेटर प्रयोग गरी वडा सदरमुकाम जोड्ने गरी गाउँपालिकाले सडकको काम गगरेको छ । अहिले वडा नम्बर २ को न्वालपानी बस्तीमा सडक पुगेको छ । झण्डै १२ किलोमिटर सडक पालिकाकै बजेटमा खनिएको छ ।

मालिकार्जुन–४ लाई गाउँपालिकाको चक्रपथ सडकमा जोड्नुपर्नेमा स्थानीय बलदेव धामीले जोड दिनुभयो । अरु वडाका बस्तीमा धमाधम काम भइरहेको छ । पालिका भवन निर्माणाधीन अवस्थामा छ । दश शैय्याको अस्पताल सञ्चालनमा आएको छ । वडाहरुमा नयाँ वडा कार्यालय भवन निर्माण भइरहेका छन् ।

जनप्रतिनिधिले देखेको सपना पूरा गर्न नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो । “वार्षिक कार्ययोजना अनुरुप हामीले काम गर्दै आएका छौँ, खरिद ऐन नियमअनुसार काम गरिरहेका छौँ, अझै पालिकाको विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल, आम जनसमुदायको सहभागितामा अभिवृद्धि गर्दै समन्वयात्मक ढङ्गले अघि बढ्न प्रतिबद्ध छौँ”, ठगुन्नाले भन्नुभयोे ।

गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामी पालिकामा आउने उजुरी तथा गुनासामाथि छलफलकै माध्यमबाट समाधान हुँदै आएको बताउनुहुन्छ । गाउँपालिका अध्यक्ष हिरासिंह धामी आफ्नो नेतृत्वमा आएको टोली मालिकार्जुनबासीको समृद्धिको सपना पूरा गर्नतर्फ अग्रसर रहेको बताउनुहुन्छ । “धेरै ‘सिस्टम’मा समस्या थियो, विस्तारै सुधार गर्दै जनतालाई रोजगारी सिर्जना हुने गरी काम थालनी गरेका छौं ।” नागरिकमा निराशा पैदा हुन नदिने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत जनता खुसी बनाउने सपना कार्यान्वयन गर्दै आएका धामीको भनाइ छ ।

अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्र विस्तारै लयमा ल्याउने प्रयास भएका छन् । केही विद्यालय ‘डाउन साइज’ र केही समायोजन गरिएका छन् । उहाँका अनुसार त्रैमासिक रुपमा शिक्षकले तलब पाउँदै आएकामा देशमै पहिलो पटक गाउँपालिकाले ‘इएफटी’मार्फत मासिक रुपमा तलब भत्ता खातामा जाने व्यवस्था सञ्चालन गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन र शिक्षक अभाव भएको ठाउँमा पदपूर्ति गरेर अघि बढेको अध्यक्ष धामीले बताउनुभयो ।

“रोजगारी पालिकामै सिर्जना गर्न गारमेन्ट उद्योग सञ्चालनको तयारी गरिएको छ, किसानलाई कृषि यान्त्रिकरण सहयोग गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने नीतिलाई प्राथमिकता साथ लिएका छौं, पशु क्षेत्रका सम्भावना भएका ठाउँमा मुर्रा भैसी वितरण गरिएको छ, पकेट क्षेत्र घोषणा गरिएका छन्, सोहीअनुसार लगानी हुँदैछ, किसानको उत्पादनलाई बजारसम्म ल्याउन सङ्कलन केन्द्र निर्माण गरिँदै छ ।” अहिलेको सीमित स्रोतसाधनले गाउँवासीको सपना पूरा गर्नतर्फ निरन्तर प्रयास हुने धामीको भनाइ छ ।

दश शैय्या अस्पतालमा मात्र नभई गाउँपालिकाले बस्तीस्तरसम्म शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ५७ करोड ९१ लाख ७४ हजार बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमार्फत पालिकाभरि ११८ योजना कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा ३३, आर्थिक विकासको क्षेत्रमा सात, महिला लक्षित दुई तथा बालबालिका र दलित लक्षित एक÷एक योजना कार्यान्वयन भइरहेका छन् ।

सामाजिक सुरक्षामा चार करोड बजेट भुक्तानी

गाउँपालिकाले दोस्रो चौमासिक अवधिसम्म रु चार करोड बढी बजेट सामाजिक सुरक्षामा भुक्तानी गरेको छ । पालिकाभरिका एक हजार २५२ महिला तथा ८९९ पुरुष गरी कूल दुई हजार १५१ लाभग्राहीलाई कूल रु चार करोड १४ लाख ४३ हजार ३५१ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभरि सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक गैरदलित सङ्ख्या एक हजार ३२८, ज्येष्ठ नागरिक दलित १२९, पूर्ण अपाङ्गता ६१, आंशिक अपाङ्गता ७८, ज्येष्ठ नागरिक एकल महिला ८९, एकल महिला २४५, बाल संरक्षण अनुदान २१४ तथा लोपोन्मुख आदिवासी जनजाति सात जना रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल रु सात करोड ९९ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सात कार्यविधि निर्माण

गाउँपालिकाले चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो चौमासिक अवधिमा काम कारबाहीलाई सजिलो बनाउन कार्यविधि निर्माण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाका अनुसार चालू आर्थिक वर्षमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८१, आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१, गाउँपालिकाको अनुगमन, सुपरीवेक्षण र फरफारकसम्बन्धी कार्यविधि २०८१, उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०८१, विद्यालय दिवा खाजा भान्से व्यवस्थापन कार्यविधि २०८१, कर्मचारी कल्याण कोष नियमावली २०८१ तथा विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१ निर्माण गरिएको छ ।

यसअघि गाउँपालिकाले २४ ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका ८९ तथा नियमावली छ वटा बनाएको गाउँपालिकाले जनाएको छ ।