१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङसँगको खेल रद्द भएपछि नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । जारी चार देशीय टी–२० सिरिजअन्तर्गत घरेलु टोली हङकङसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएपछि वर्षा भएर खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् ।

योसँगै नेपालले ३ खेलबाट ५ अंक जोडेर फाइनलको यात्रा तय गर्‍यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गरेको छ । ३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ फाइनलको दौडबाट बाहिरियो ।

अब नेपालले उपाधिका लागि आइतबार कुवेतसँग खेल्नेछ । हङकङ र कतारले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।