१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोकनाको समस्याले सेना र सरकारलाई गम्भीर बनाएको छ : प्रधान सेनापति थापा



अ+ अ-

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताउनुभयो । 

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताउनुभयो ।

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताउनुभयो ।

खोकनाको समस्याले गम्भिर बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भिर बनाएको छ । त्यसको पछाडी जनताको मात्रै समस्या हो की । अरु पनि कारण छन् । ती कारणहरुको पछाडी जानुपर्ने महशुस भएको छ ।’’

थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।