२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

दुर्गा प्रसाईंविरुद्ध कुन–कुन कसुरमा हुँदैछ अनुसन्धान ?

दुर्गा प्रसाईंविरुद्ध कुन–कुन कसुरमा हुँदैछ अनुसन्धान ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य आरोपी भनिएका दुर्गा प्रसाईमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घटनाको १५ दिनपछि भारतमा पक्राउ परेका प्रसाईलाई नेपाल ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रहरी काठमाडौं जिल्ला अदालतबाट १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिसमेत लिइसकेको छ । अब प्रसाईंमाथि कुन अपराधअन्तर्गत अनुसन्धान हुन्छ भन्ने प्रश्न उठेको छ । किनकी उनलाई दुई जनाको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी मानिएको छ ।

प्रहरीले सुरुआती चरणमा संगठित अपराध र राज्यद्रोहको आरोपमा अनुसन्धान गर्ने तयारी गरेको छ । राजतन्त्र फर्काउने भन्दै चैत १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर त्यो प्रदर्शन हिंसात्मक बन्दा व्यक्तिको घर जलाइएको थियो । सञ्चारमाध्यममाथि आक्रमण मात्र भएन, भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भयो भने कयौं सवारी साधनमा क्षति पुर्‍याइएको थियो ।

राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो । प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भने गाडी चढेर भागेका थिए । त्यसैदिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशमशेर राणालाई पक्राउ गरेको थियो । उहाँहरुविरुद्ध राज्यद्रोह र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । प्रहरीले शुक्रबार प्रसाईंलाई थुनामा राख्न पनि यिनै आरोप लगाउँदै १२ दिनको म्याद लिएको हो ।

प्रसाईंले ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा त्यस दिन कार्यक्रममा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । जसका कारण उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ ।

शुक्रबार अदालतबाट राज्यद्रोहको कसुरमा म्याद लिइएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।

यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । अब राजद्रोहको कसुरमा म्याद लिएपछि प्रहरीले उनीमाथि यसका प्रमाणहरू जुटाउनुपर्ने हुन्छ । यसका लागि काम भइरहेको प्रहरीको भनाइ छ ।

योसँगै अहिले प्रसाईंविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ । संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति लिएको हो । तीन जनाभन्दा बढीको समूह बनाएर तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ ।

संगठित समूहको अगुवालाई समेत अनुसन्धानमा तान्न सकिने व्यवस्था भएकाले प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत दायरामा ल्याउन सकिने गरी संगठित अपराध निवारण ऐन, २०७० को अनुसन्धान पनि अघि बढाएको बताइएको छ । अब प्रसाईंमाथि अनुसन्धान गर्दा पूर्वराजासम्म पुग्न सकिने आकलन पनि गरिएको छ । यो संगठित अपराधको मूल जरो पूर्वराजासम्म पुगेको अवस्थामा उनी पनि कानुनी दायरामा आउनेछन् ।

संगठित अपराधको आरोप स्थापित भएमा अरु मुद्दामा हुने सजायको आधा सजाय थपेर कैद गर्न सकिने व्यवस्था छ । तर संगठित अपराधको आरोप अघि बढाउँदा प्रहरीले आरोपितहरूमाथि अपराध गर्ने नियतले नै संगठित समूह बनाएको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

भारतमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो । झापाको चन्द्रगढी विमानस्थलबाट दिउँसो काठमाडौं ल्याएर सिधै जिल्ला प्रहरी परिसरको हिरासतमा पुर्‍याइएको थियो । प्रसाईंलाई प्रहरीले केहीबेरमै म्याद थपका लागि भनेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए ।