२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा राजतन्त्रको सम्भावना छैन’



अ+ अ-

धनुषा।नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताउनुभयो । उहाँले संवैधानिक रुपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विना आधारको हल्लामा नपर्न सबैमा आग्रह गर्नुभयो ।

नेता महतले विसं २०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई मधेसको जीवनरेखाका रुपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरु बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताउनुभयो ।  वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उहाँको भनाइ छ ।  रासस