२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण’



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको विकास र समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा संयुक्त रूपमा आयोजित ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, सुरक्षा जाँच स्टिकर शुभारम्भ’ गर्दै आज उहाँले अतिथिलाई सम्मान गर्नु नेपालीको संस्कार रहेको बताउनुभयो ।

भ्रमणमा आउने पर्यटकलाई कुनै असुविधा नहोस् भन्ने हेतुले सुरक्षा स्टिकरको प्रबन्ध गरेको जानकारी उहाँले दिनुभयो । उहाँले स्थलमार्ग प्रयोग गरेर कोशी प्रदेश प्रवेश गर्ने यात्रुहरूको सवारीलाई नाकामै आवश्यक जाँच गरी स्टिकर लगाउने प्रबन्धले पर्यटकले अनावश्यक झमेला व्यहोर्नु नपर्ने र यसबाट पर्यटकमा उत्साह आउनुका साथै पर्यटकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माणमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले राष्ट्रिय आय वृद्धि हुने उल्लेख गर्नुभयो । पर्यटन वर्ष २०८२ आधार वर्ष भएकाले यही वर्षमा पर्यटन भित्र्याउने योजना, नीति तथा पूर्वाधार निर्माण गर्ने योजना रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “प्रदेश सरकार आफ्ना काम, कर्तव्य र अधिकारप्रति सचेत छ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पर्यटकलाई नेपाल सहज वातावरण सृजना गर्न यो प्रक्रिया अपनाएको बताउनुभयो । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष २०८२ हाम्रा लागि सुवर्ण अवसर रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव रामप्रसाद आचार्य र सञ्चारकर्मीको सहभागिता थियो ।रासस