१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना

सतर्क नहुँदा कोरोना सङ्क्रमण बढ्यो

सतर्क नहुँदा कोरोना सङ्क्रमण बढ्यो
अ अ+ अ-

काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३१५ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुुभयो । उहाँका अनुसार मास्कको प्रयोग नगर्ने प्रवृत्तिले पनि कोरोना बढ्ने हुँदा सतर्क हुन जरुरी छ ।

शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सङ्क्रमण सरेको जानकारी गौतमले दिनुभयो । सिंहदरबारभित्र पनि मास्क नलगाउने गरिएको भन्दै उहाँले कति९पयले भीडभाडमा कुराकानी गर्दा मास्क खोलेर गर्ने गरेकाले जोखिम बढाएको बताउनुभयो ।

जोर–बिजोर प्रणाली लागू गरिए पनि वा बन्दाबन्दी गरिए पनि व्यक्तिगत रूपमा सुरक्षा अपनाउन सकिएन भने कोरोना भाइरस सर्न सक्छ, प्रवक्ता डा। गौतमले चिनजानका साथीसँंग बोलेको हो, भेटेको हो भन्दैमा मास्क नलगाउने र सुरक्षा नअपनाउने हो भने कोरोना फैलन सक्छ भन्नुभयो । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको बत९ाउँदै गौतमले हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३८ रहेको बताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १४ हजार ४९२ पुगेको छ । उहाँले लकडाउन खुल्नुअगाडि ११ दिनमा ४७ हजार ८७७ पीसीआर परीक्षण भएकोमा एक हजार ३४५ को पोजेटिभ रिपोर्ट आएको बताउनुभयो । यो परीक्षणको २।८ प्रतिशत हो । बन्दाबन्दी खुलेपछिका ११ दिनमा ५८ हजार १७४ पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले बताउनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।