१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी

चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली
अ अ+ अ-

काठमाडौं । भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ । व्यापारीले गत असार मसान्तदेखि १४ साउनसम्म २६ करोड ६३ लाख २० हजार रुपैयाँ भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको हो । त्यस क्रममा व्यापारीहरूले १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेका छन् ।

स्रोतका अनुसार गत असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ । बाँकी १ लाख २ हजार मेट्रिक टन चिनीको भन्सार तिरेको देखिएको छैन ।

यसरी १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेको पाइएपछि राष्ट्रिय उपभोक्ता मञ्चले छानबिन तथा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

मञ्चले दिएको उजुरीमा १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याउँदा ४८ हजार मेट्रिक टनको मात्र भन्सार महसुल तिरेको पाइएकोे छ । व्यापारीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा करोडौंको भन्सार छली गरेको उपभोक्ता मञ्चको दाबी छ ।
सरकारले बाहिरबाट आयात हुने चिनीको प्रतिमेट्रिक टन भन्सार महसुल ५० प्रतिशतभन्दा कम नहुने गरी लिने गरेको छ । तर, व्यापारीहरूले भन्सार छली गर्दै अवैध रूपमा भन्सार नाकाबाट चिनी ल्याउने गरेका छन् । हाल प्रतिमेट्रिक टनको मूल्य ४३६ अमेरीकी डरले पर्न जान्छ । हाल अमेरिकी डलर १ रुपैयाँ बराबर नेपाली १ सय २० रुपैयाँ हुन्छ । सो मूल्य नेपाली रुपैयाँमा हिसाब गर्दा प्रतिमेट्रिक टन चिनीको मूल्य २५ हजार ३ सय २० रुपैयाँ पर्न जान्छ ।

१ लाख २ हजार मेट्रिक टन चिनीको मूल्यसँग हिसाब गर्दा ५ अर्ब ३३ करोड ६६ लाख ४० हजार हुन जान्छ । सो चिनीको मूल्यलाई ५० प्रतिशतका दरले हिसाब गर्दा २६ करोड ६३ लाख २० हजार भन्सार महसुल लिनुपर्ने हुन्छ । तर, त्यसरी सो रकम लिएको नदेखिँदा चिनी आयातमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ ।

कर्मचारीहरूको मिलेमतोमा यसरी करोडौं रुपैयाँको भन्सार छली गरेर व्यापारीहरूले चिनी आयात गरेर ल्याउने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । महर्जनका अनु्सार स्वदेशी उद्योगीसँग र साल्ट टे«डिङ कर्पोरेसनसँग चिनीको मौज्दात कम भएको फाइदा लिँदै व्यापारीले अवैध रूपमा चिनी आयात गरी प्रतिकेजी ९० रुपैयाँमा बिक्री गरेर उपभोक्तालाई ठग्दै आएका छन् ।

हाल स्वदेशी उद्योगीसँग चिनी करिब ४० हजार मेट्रिक टन मात्र मौज्दात छ । यसैगरी, साल्ट टे«डिङ कर्पोरेसनसँग चिनीको मौज्दात अत्यन्त न्यून छ । त्यसको फाइदा उठाउँदै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरी अवैध रूपमा आयात गरेको चिनी महँगोमा विक्री गरेको महर्जनले बताए ।

सरकारले स्वदेशी चिनी उद्योगीहरूलाई बचाउन भन्दै अदूरदर्शी तरिकाले विदेशबाट आयात हुने चिनीमा विभिन्न किसिमको बाधा अवरोध खडा गर्ने कामबाट चोरी तस्करी भई ठूलो परिमाणमा चिनीको आयात हुने गरेको अध्यक्ष महर्जनको भनाइ छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।