२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु



अ+ अ-

अर्घाखाँची।  जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान–१० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताउनुभयो ।

घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताउनुभयो । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६ धातिबाङमा १७ घर गोठका छाना उडाएको छ ।

वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका–१० धरमपानीका कमल जिसीको कुखुराको खोर गएरातिको हुरीले भत्काई पूर्णरूपमा क्षति भएको छ । खोर भत्किएपछि करिब एक सय ५० वटा ब्वायलर कुखरा च्यापिएर मरेका छन् ।

हुरीसँगै परेको वर्षाका कारण शीतगङ्गा नगरपालिका–१२ देउराली बस्ने भीमबहादुर चित्रेको टिनले छाएको दुईतले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छानो उडाउनाका साथै घरको गारो पनि भत्किएको छ । रासस