१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित
अ अ+ अ-

सिन्धुपाल्चोक । विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ ।

उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताउनुभयो । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत् प्राधिकरणको ट्रसमा त्रिपालले बारेर बस्दै आएका छन् । बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी ७० रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको श्रेष्ठले जानकारी दिनुभयो । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन् ।

नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजनाले सोही बस्तीमुनि ड्याम र नहर बनाएपछि बस्ती भासिएको स्थानीय श्रेष्ठले जानकारी दिनुभयो । चार पुस्ताभन्दा बढी समयदेखि बसोबास गरेका बस्ती भासिएपछि स्थानीयवासीलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । २०७१ सालको भीषण जुरे पहिरोले पनि उक्त बस्ती जोखिममा परेको थियो । अहिले पनि बस्तीमाथि रहेको टेकानपुर–तौथली सडकको पानीको भेल ठेकेदारले ह्युमपाइप राखेर बस्तीमाथिबाटै झारिदिएपछि सो बस्ती झन् बढी जोखिममा रहेको स्थानीय शिवराम श्रेष्ठले दुखेसो गर्नुभयो । त्यसैगरी, ओरियन्ट म्याग्नेसाइडको रोप वे टावर ढल्न लाग्दा पनि उक्त बस्ती थप खतरामा परेको छ ।

नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय सबैलाई बस्ती उच्च जोखिममा रहेको जानकारी गराउँदा पनि बस्ती स्थानान्तरणका लागि चासो नदिएको स्थानीयले जनाएका छन् । सुरक्षित स्थानमा बस्न चाहेका तर कसैले सुरक्षित स्थानमा लगेर राख्ने काम नगरिदिएको स्थानीय राजकुमार श्रेष्ठले दुखेसो गर्नुभयो । बस्ती भासिनु र फाटिनुमा विद्युत् प्राधिकरणको ड्याम र नहर मुख्य कारण भएकोले बस्ती नै प्राधिकरणले अधिग्रहण गर्नुपर्ने स्थानीयले बताएका छन् । यसबारे सुनकोसी जलविद्युत् आयोजनाका प्रमुख गीरबहादुर केसीले भूगर्भविदहरूले उक्त बस्तीको अध्ययन गरेको जानकारी दिनुभएको छ ।, गोरखापत्रबाट