२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी

उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी
अ अ+ अ-

बैतडी। जिल्लाको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि छ विकेटको जित निकाल्दै भ्याली विजयी बनेको हो । योसँगै भ्याली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै भ्यालीले रु एक लाख एक हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसीले रु ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

जितका लागि ७३ रनको लक्ष्य पाएको भ्यालीले आठ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । यसमा सन्दीप विष्टले सर्वाधिक २८ रनको योगदान गरे । यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको बनारसी १४ दशमलव तीन ओभरमा ७२ रनमा समेटियो । उसका कुनै पनि ‘ब्याटर’ले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा यही चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।  रासस