१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई पौने १३ खर्ब ऋण, प्रत्येक नेपालीको भागमा साढे ४२ हजार



अ+ अ-

काठमाडैं । नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । 

तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय रुपैयाँ सरकारी ऋण पुगेको छ । तर, यस्तो ऋण  जनता आफैँले भने तिर्नुपर्दैन । सरकारले हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको सावाँ ब्याज  भुक्तानी गर्ने गर्छ ।  

सरकारले तलब–भत्तालगायत अनिवार्य दायित्व पूर्ति गर्न तथा आफ्ना योजना र कार्यक्रम कार्यान्वयन गर्न राजस्व परिचालन गर्छ । राजस्व परिचालनबाट अपुग हुने रकम भने आन्तरिक तथा विदेशी ९बाह्य० ऋणबाट पूर्ति गर्छ । जसअनुसार गत आर्थिक वर्ष ०७६र७७ मा सरकारले कुल २ खर्ब ८५ अर्ब ८७ करोड १२ लाख रुपैयाँ ऋण उठाएको थियो । 

आव ०७६र७७ मा सरकारले कुल १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब ९८ अर्ब ८३ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । सरकारले आन्तरिक ऋण लक्ष्यको नजिक अर्थात् १ खर्ब ९४ अर्ब ९० करोड २८ लाख रुपैयाँ उठाउन सक्यो । त्यस्तै, बाह्य ऋण भने लक्ष्यभन्दा निकै कम अर्थात् ९० अर्ब ९६ करोड ८४ लाख रुपैयाँ उठ्यो । 

असार ०७६ सम्ममा सरकारको तिर्न बाँकी कुल ऋण १० खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । असार ०७७ मा आइपुग्दा तिर्न बाँकी ऋणभार २ खर्ब ३३ अर्ब १० करोडले बढेको हो । आर्थिक वृद्धि उच्च हुने हो भने ऋणभार बढ्नु नकारात्मक नभएको अर्थविद् डा. विश्व पौडेले बताउँछन् । तर, नेपालले खर्च गर्ने क्षमता नै बढाउन नसकेको अवस्थामा चालू खर्च गर्ने गरी ऋण बढाउँदै लैजानु उचित नभएको उनको तर्क छ । चालू आर्थिक वर्षमा भने सरकारले कुल ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये २ खर्ब ९९ अर्ब ५० करोड विदेशी ऋण र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य छ । सरकारले यसरी उठाउने ऋण ठूला–ठूला पूर्वाधार निर्माण तथा उत्पादकत्व वृद्धिमा लगाउनुपर्ने पौडेल बताउँछन् । 

साढे ८३ अर्ब ऋण र ब्याज तिरियो
सरकारले गत आवमा साढे ८३ अर्ब रुपैयाँबराबरको ऋण र ऋणको ब्याज भुक्तानी गरेको छ । महालेखा नियन्त्रणको कार्यालयका अनुसार कुल ३३ अर्ब ९७ करोड ७० लाख आन्तरिक ऋण फिर्ता भुक्तानी गरेको छ । त्यस्तै, आन्तरिक ऋणको ब्याज २० अर्ब ८२ करोड २५ लाख भुक्तानी गरेको छ । वैदेशिक ऋण फिर्तातर्फ भने २३ अर्ब ५६ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक ऋणको ब्याज भने ५ अर्ब २३ करोड ७७ लाख भुक्तानी गरेको कार्यालयले जनाएको छ । 

जिडिपीको ३४ प्रतिशत पुग्यो ऋण 
नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँबराबर पुग्ने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । जसअनुसार नेपालको कुल ऋण जिडिपीको ३४ प्रतिशतबराबर पुगेको छ । अर्थ मन्त्रालयका अनुसार आव ०७५/७६ मा कुल ऋण जिडिपीको ३०.३ प्रतिशतबराबर रहेको थियो । पछिल्लो एक वर्षमा जिडिपीमा ऋणको अनुपात ३।७ बिन्दु प्रतिशतले बढेको देखिन्छ । विश्व बैंकले गत आव २०७६/७७ मा नेपालको कुल ऋण जिडिपीको ३८ देखि ४० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा भने सरकारी ऋण जिडिपीको ५१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण विश्व बैंकको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।