• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव

मलद्वारमा लुकाएर सुन ल्याउने एक भारतीय नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिकलाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । आइतबार नेपाल एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक शुभभ मेहरालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले एक किलो २६८ ग्राम सुन मलद्वारमा लुकाई ल्याएका थिए । सुनलाई उनले दुईवटा प्लास्टिकमा राखेर पोको बनाई मलद्वार लुकाएर ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सो सुनको मूल्य करिब एक करोड आठ लाखको रहेको बताइएको छ ।