
काठमाडौं । नेपाल बार एशोसिएसनको महासचिवमा एमालेनिकट पीपीएलएका उम्मेदवार केदार प्रसाद कोइराला निर्वाचित भएका छन् ।
ललितपुरको करिब ५ सय मत गणना बाँकी रहँदा नेपाल बारको महासचिवमा कोइरालाको जित सुनिश्चित भएको हो ।
मतगणनाका पछिल्लो विवरण अनुसार कोईरालाले ४ हजार ६० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले १७०५ मत ल्याएका छन् ।
यससँगै, बार एशोसिएसनमा पीपीएलएको बहुमत सुनिश्चित समेत भएको छ । पीपीपएलएले महासचिवसहित चार प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी २५ मध्ये १३ सीट जितेको छ । कोशीका उपाध्यक्ष पदम लिम्बु, उपत्यकाबाट सरस्वती श्रेष्ठ, गण्डकीबाट भूपेन्द्र खनाल, सुदूरपश्चिमबाट सिद्धराज ओझा र कोषाध्यक्ष जगतबहादुर कार्कीको जित निश्चित भईसकेको छ ।