२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.41

Wind: 1.54

Humidity: 48

Latest
महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छ: प्रचण्ड पूर्वराजालाई अध्यक्ष दाहालको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय म्याग्दीको मुदी केन्द्रविन्दू भएर भूकम्पको धक्का पूर्वपश्चिम राजमार्गको दाउन्नेमा बस र ट्रक ठोक्किए, सवारी साधन अबरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कलित आँखाका नानी प्रयोग हुन सकेनन्



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा पुर्याउन सम्भव हुन सकेको छैन ।

नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिविहीनमा नानी प्रत्यारोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उहाँका अनुसार बन्दाबन्दीका बेला पनि शवबाट महिनामा १२ वटा जति नानी सङ्कलन भए ।

उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय शवदाह गृह र आर्यघाटको परम्पराका चितामा आएका शवबाट नानी सङ्कलन हुने गरेको छ । आर्यघाटमा शवदाह गर्ने मजदुर चन्द्र ढकालका अनुसार शव जलाउने सबै मजदुरले शव जलाउनुअघि नानी प्रत्यारोपण गर्न दान दिन मलामीलाई आग्रह गर्दै आएका छन् ।, समामचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।