१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा कोरोना संक्रमणको त्रास बढ्यो, यसरी सेटिङमै बन्छ पास



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास थप बढिरहेका बेला उपत्यका बाहिरबाट अहिले दैनिक ५–६ हजार व्यक्ति राजधानी भित्रन थालेका छन् । सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो गर्दै जोर–बिजोर प्रणालीमा सवारी चल्न दिने, पसल तथा व्यवसाय खुला गर्ने र सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै उपत्यका बाहिरबाट राजधानी भित्रनेको संख्या बढेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन खुकुलो भएपछि काठमाडौं भित्रनेको संख्या बढ्न थालेकामा हाल दैनिक ५–६ हजार व्यक्ति काठमाडौं प्रवेश गर्दै आइरहेका छन् । तर, यो संख्या भने पास लिएर आउनेहरूको मात्रै भएको महाशाखा बताउँछ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले हाल दैनिक ५–६ हजार व्यक्ति विभिन्न नाका हुँदै काठमाडौं भित्रँदै आएको बताए । ‘अहिले दैनिक पाँच–६ हजार व्यक्ति उपत्यका बाहिरबाट विभिन्न्न नाका हुँदै काठमाडौं आइरहेको देखिन्छ, यो संख्या पास लिएर आउनेहरूको मात्र हो,’ महाशाखा प्रमुख ढकालले राजधानीसँग भने ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले ७५ प्रतिशत व्यक्ति नागढुंगा नाका र केही साँगा नाका हुँदै राजधानी भित्रँदै आइरहेको जानकारी दिए । उनले लकडाउनको समयमा राजधानीबाट बाहिरिनेको संख्या बढिरहेकामा अहिले भित्रने र बाहिरिनेको संख्या उस्तै हाराहारीमा रहेको जानकारी दिए ।

महाशाखाका प्रवक्ता गौतमका अनुसार बिनापास राजधानी आउने सवारी साधनलाई भने फिर्ता गरिँदै आइएको छ । ‘पास नलिई राजधानी भित्रने सवारीलाई प्रवेश दिइएको छैन, बिनापास आउने दैनिक २ सयसम्म सवारी साधनलाई फिर्ता पठाइएको छ,’ महाशखाका प्रवक्ता गौतमले भने । सरकारले गत ६ साउन रातिबाट लकडाउन हटाउने निर्णय गरेको थियो ।

सेटिङमै बन्छ पास

सरकारले ६ साउन रातिबाट लकडाउन हटाए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै एक जिल्लाबाट अर्को जिल्लामा जान पास अनिवार्य गर्दै आइरहेको छ । तर, उपत्यका बाहिरबाट राजधानी भित्रने अधिकांश चारपांग्रे सवारी साधनले पटक पटक उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूको पास देखाएर यात्रु ओसारपसार गर्दै आइरहेका छन् ।

राजधानीलाई प्राप्त सूचनाअनुसार उपत्यका बाहिरबाट एउटै सवारी साधन पटक पटक यात्रु बोकेर राजधानी भित्रिएका छन् । ती सवारीधनीहरूले काठमाडौं आउनका लागि चिनजान तथा भनसुनका आधारमा जिल्ला प्रशासन कार्यालयहरूबाट पास लिंने गरेको पाइएको छ । यसरी लिइएको पासमा पृथ्वी राजमार्ग र बिपी राजमार्गमा पर्ने मुख्य जिल्लाहरूको नाम लेखिने गरेको नाकामा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् ।

सवारी धनीहरूले वर्षाका कारण बाटो फेरबदल हुन सक्ने भन्दै पासमा सिन्धुली, मकवानपुर र काभ्रे जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको उपत्यका भित्रने नाकामा खटिएका प्रहरी अधिकृतहरूको भनाइ छ ।

यसरी पास लिएपछि राजधानी आउन उनीहरूले कुनै अवरोध नहुने भन्दै सेटिङमै यात्रु खोज्ने र उनीहरूबाट चर्को भाडा असुल्ने गरिरहेका छन् । राजधानी आउने यात्रु ओसार्न अहिले धेरै जसो स्कार्पियोको प्रयोग हुँदै आइरहेको छ । सोह्रखुट्टे नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्ने मजदुरले एक स्कार्पियोमा ८ हजार भाडा तिरेर सप्तरीदेखि काठमाडौं आइपुगेको बताए ।

‘सिडियो कार्यालयबाट पास लिएको स्कार्पियोमा एक जनाको ८ हजारका दरले भाडा तिरेपछि सप्तरीबाट काठमाडौं आइयो, यसरी आउँदा पनि पालो कुनुपर्यो,’ गार्मेन्ट उद्योगमा काम गर्ने ती मजदुरले भने । काठमाडौं उपत्यकामा शनिबार साँझसम्म ५ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।, राजधानीबाट