१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी

उपत्यकामा कोरोना संक्रमणको त्रास बढ्यो, यसरी सेटिङमै बन्छ पास

उपत्यकामा कोरोना संक्रमणको त्रास बढ्यो, यसरी सेटिङमै बन्छ पास
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास थप बढिरहेका बेला उपत्यका बाहिरबाट अहिले दैनिक ५–६ हजार व्यक्ति राजधानी भित्रन थालेका छन् । सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो गर्दै जोर–बिजोर प्रणालीमा सवारी चल्न दिने, पसल तथा व्यवसाय खुला गर्ने र सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै उपत्यका बाहिरबाट राजधानी भित्रनेको संख्या बढेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन खुकुलो भएपछि काठमाडौं भित्रनेको संख्या बढ्न थालेकामा हाल दैनिक ५–६ हजार व्यक्ति काठमाडौं प्रवेश गर्दै आइरहेका छन् । तर, यो संख्या भने पास लिएर आउनेहरूको मात्रै भएको महाशाखा बताउँछ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले हाल दैनिक ५–६ हजार व्यक्ति विभिन्न नाका हुँदै काठमाडौं भित्रँदै आएको बताए । ‘अहिले दैनिक पाँच–६ हजार व्यक्ति उपत्यका बाहिरबाट विभिन्न्न नाका हुँदै काठमाडौं आइरहेको देखिन्छ, यो संख्या पास लिएर आउनेहरूको मात्र हो,’ महाशाखा प्रमुख ढकालले राजधानीसँग भने ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले ७५ प्रतिशत व्यक्ति नागढुंगा नाका र केही साँगा नाका हुँदै राजधानी भित्रँदै आइरहेको जानकारी दिए । उनले लकडाउनको समयमा राजधानीबाट बाहिरिनेको संख्या बढिरहेकामा अहिले भित्रने र बाहिरिनेको संख्या उस्तै हाराहारीमा रहेको जानकारी दिए ।

महाशाखाका प्रवक्ता गौतमका अनुसार बिनापास राजधानी आउने सवारी साधनलाई भने फिर्ता गरिँदै आइएको छ । ‘पास नलिई राजधानी भित्रने सवारीलाई प्रवेश दिइएको छैन, बिनापास आउने दैनिक २ सयसम्म सवारी साधनलाई फिर्ता पठाइएको छ,’ महाशखाका प्रवक्ता गौतमले भने । सरकारले गत ६ साउन रातिबाट लकडाउन हटाउने निर्णय गरेको थियो ।

सेटिङमै बन्छ पास

सरकारले ६ साउन रातिबाट लकडाउन हटाए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै एक जिल्लाबाट अर्को जिल्लामा जान पास अनिवार्य गर्दै आइरहेको छ । तर, उपत्यका बाहिरबाट राजधानी भित्रने अधिकांश चारपांग्रे सवारी साधनले पटक पटक उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूको पास देखाएर यात्रु ओसारपसार गर्दै आइरहेका छन् ।

राजधानीलाई प्राप्त सूचनाअनुसार उपत्यका बाहिरबाट एउटै सवारी साधन पटक पटक यात्रु बोकेर राजधानी भित्रिएका छन् । ती सवारीधनीहरूले काठमाडौं आउनका लागि चिनजान तथा भनसुनका आधारमा जिल्ला प्रशासन कार्यालयहरूबाट पास लिंने गरेको पाइएको छ । यसरी लिइएको पासमा पृथ्वी राजमार्ग र बिपी राजमार्गमा पर्ने मुख्य जिल्लाहरूको नाम लेखिने गरेको नाकामा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् ।

सवारी धनीहरूले वर्षाका कारण बाटो फेरबदल हुन सक्ने भन्दै पासमा सिन्धुली, मकवानपुर र काभ्रे जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको उपत्यका भित्रने नाकामा खटिएका प्रहरी अधिकृतहरूको भनाइ छ ।

यसरी पास लिएपछि राजधानी आउन उनीहरूले कुनै अवरोध नहुने भन्दै सेटिङमै यात्रु खोज्ने र उनीहरूबाट चर्को भाडा असुल्ने गरिरहेका छन् । राजधानी आउने यात्रु ओसार्न अहिले धेरै जसो स्कार्पियोको प्रयोग हुँदै आइरहेको छ । सोह्रखुट्टे नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्ने मजदुरले एक स्कार्पियोमा ८ हजार भाडा तिरेर सप्तरीदेखि काठमाडौं आइपुगेको बताए ।

‘सिडियो कार्यालयबाट पास लिएको स्कार्पियोमा एक जनाको ८ हजारका दरले भाडा तिरेपछि सप्तरीबाट काठमाडौं आइयो, यसरी आउँदा पनि पालो कुनुपर्यो,’ गार्मेन्ट उद्योगमा काम गर्ने ती मजदुरले भने । काठमाडौं उपत्यकामा शनिबार साँझसम्म ५ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।, राजधानीबाट