४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः डर्टमण्डमाथि बार्सिलोनाको सहज जित, पिएसजीले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनि क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४–० गोलले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा राफिन्हा र लामिने यामलले एक–एक गोल गरे ।

खेलको २५ औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ४८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

यस्तै, ६६ औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गरे । यता, ७७ औं मिनेटमा यामलले गोल थप्दै टोलिलाई ४–० को जित दिलाए । दुई टोलिबीचको दोस्रो लेगको खेल डर्टमण्डको घरेलु मैदानमा अप्रिल १६ मा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इंग्लिस क्लब एस्टन भिल्लालाई ३–१ ले हरायो । घरेलु टोलिको जितमा डिजाएर डोए, ख्भिचा भारात्सखेलिया र नुनो मेन्डिसले गोल गरे । भिल्लाका मोर्गान रोजर्सले एक गोल फर्काए ।

जितसँगै पिएसजीले दुई खेलको एग्रिगेटमा ३–१ को अग्रता बनाएको छ । दुई टोलिबीच दोस्रो लेगको खेल अप्रिल १६ मा भिल्लाको घरेलु मैदानमा हुनेछ ।