२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बलराम प्यासीको सातौं गीत ‘कोरोना र लकडाउन’…



अ+ अ-

काठमार्डौ । २०७२ सालको राष्ट्रिय वाल दिवसको अवसरमा पहिलोपटक वालगीत लेखेर गायनतर्फ पहिलो पुरस्कार जित्न सफल वरिष्ठ पत्रकार बलराम प्यासी अनायासै गीतकार बन्न पुगे । ने

पालभरीका ३६ प्रतिष्पर्धिलाई उछिनेर उनले लेखेको गीत गाएर ८ वर्षिया वालगायीका समृद्धि परियार पहिलो भएर नगद १५ हजार जितिन् ।

त्यसपछि पत्रकारबाट गीतकारको पहिचान बनाउने उनको पाइला अघि बढ्न थाल्यो । ५ वर्षको अन्तरालमा उनले लेखेका ७ वटा गीतमध्ये ५ वटा गीत अहिले स्रोताहरुले सुन्दै आएका छन् भने तस्वीरसहतिको केही भिडियो हेर्दै पनि आएका छन् ।

विश्वव्यापी महामारी कोरोना (कोभिड १९) गत चैतमा नेपालमा भित्रिएपछि सरकारले ११ चैतदेखि नेपालभर वन्दावन्दी अर्थात लकडाउन लगायो । एक त कोरोनाको त्रास त्यसमाथि घरवाहिर निस्किन नमिल्ने गरि गरिएको लकडाउनले गर्दा सर्वसाधारणको दैनिकी डामाडोल भयो ।

कतिको जागीर गयो, कतिको कमाई । घर भित्र बसेर खाएर मात्र बस्दा शुन्य कमाई खर्च धेरै भएर घर चलाउन गाह्रो मात्रै भएन, बाहिर निस्किँदा कोरोनाको त्रासले सबैलाई सताईरह्यो । ४ महिना लामो लकडाउन खुलेर जनजीवन केही सहज भएतापनि कोरोनाको डर भने अहिलेसम्म ज्यूँका त्यूँ छ । धेरैको कमाई शुरु भइसकेको छैन ।

यसै सन्दर्भ पारेर वरिष्ठ पत्रकार एवम् गीतकार बलराम प्यासीले नयाँ गीत लेखे । यो उनको सातौं गीत हो ।

किनमेल गर्न गएको बजार
पर्स खोल्दा त भेटिन हजार
पैसा पुगेन माया, पैसा पुगेन
लकडाउनले गर्दाखेरी कमाई भएन
महंगी नि’ बढेपछि घरै चलेन ।

कोरोना आउनु अघिसम्म राम्रैथ्यो 
लकडाउनले गर्दाखेरी डामाडोल भो 
कमाई पनि गयो माया, जागीर पनि गो
शुन्य कमाई, खर्च धेरै, घर चलाउन निक्कै गाहे भो …..

वरिष्ठ संगीतकार वालन्द राईद्वारा संगीतवद्व एवम् स्वर दिइएको लोक भाकाको उक्त आधुनिक गीत याकुव राईले संगीत संयोजन गरेका हुन भने पुल्चोकस्थित संगीत सागर स्टुडियोमा रेकर्ड गरिएको हो ।

यसअघि वरिष्ठ संगीतकार वालन्द राईकै संगीत तथा वरिष्ठ संगीत संयोजक सचिन सिंहको संगीत संयोजनमा वालन्द राई र पार्वती राईको स्वरमा गीतकार प्यासीले रचना गरेको कृषि गीत ‘म त हिँडे मेला र पर्ममा, धानै रोप्न असारै महिनामा  रेकर्ड भएर रेडियो नेपालको कृषि कार्यक्रम र रेडियो कान्तिपुरमा बज्दै आएको छ ।

यसैगरि वालन्द राईकै संगीतमा वरिष्ठ संगीत संयोजक सचिन सिंहको संगित संयोजनमा वालन्द राई र सचिन सिंहको स्वरमा प्यासीले आफु केटाकेटी छँदा देखेका र खेलेका कुराहरु सम्झेर रचना गरेको गीत ‘कता गयो खोपीखेल, कता गयो गुच्चा, यो दुनियाँ स्वार्थी भयो, मान्छे भए छुच्चा’ रेकर्ड र्भर रेडियो नेपालमा बज्न थालेको एकवर्ष भईसकेको छ ।

यसको अलावा पत्रकार प्यासीले रचना गरेको र गोपाल अधिकारीको संगीत रहेको ‘साँची म मर्दा को को रोलान’ वियोगान्त गीत चर्चित गायक रामकृष्ण ढकालले गाएका थिए । सामुदायीक प्रहरीबारे लेखेको गीत र ‘निदाउने आधार तिमी हौ प्रिय’ वोलको गीत रेकर्डिङ्गको प्रकृयामा रहेको गीतकार एवम् वष्ठि पत्रकार प्यासीले बताए । कृषक, समाजसेवी र पत्रकारपछि गीतकारको रुपमा प्यासीले समाजमा आफ्नो छवि कायम गर्न सफल भएका छन् ।