२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित



अ+ अ-

काठमाडौँ। युथ एक दिवसीय शृङ्खलाअन्तर्गत अफगानिस्तानको यु–१९ क्रिकेट टोलीविरुद्वको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । आज भएको तीन खेलमध्येकोे अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यु–१९ले सान्त्वना जित हात पारेको हो ।

आज अफगानिस्तानलाई नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डिएलएस विधिबाट नेपालले जित हात पा¥यो । अफगानिस्तानले २० दशमलव १ ओभरमा आफ्नो ६ विकेट गुमाउँदै ४६ रन बनाएको थियो ।

अफगानिस्तानका लागि फैसल शिनोजादाले १६, अजीजुल्लाह मिया खिलले १५, कप्तान महबुब खानले ८, बरकत इब्राहिमजाइले ५ र नाजिफुल्लाह अमिरीले एक रन जोडे । अफगानिस्तानले अतिरिक्त एक रन प्राप्त ग¥यो ।

नेपालका लागि अपराजित पौडेलले दुई विकेट हात पार्दा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान एक/एक विकेट हात पारे ।

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियोे ।

तीन खेलको शृङ्खला भने अफगानिस्तानले २–१ ले जितेको छ । पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोेस्रोे खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो । रासस