२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने



अ+ अ-

तेह्रथुम।  उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ ।

आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दे उहाँले तीनै तहका सरकार मिलेर जनताको अवस्था बदल्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकार कोशी प्रदेश पर्यटन वर्ष–२०८२ मूल आयोजक समितिको आयोजनामा समारोह सम्पन्न भएको हो । शुभारम्भ समारोहका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमीकमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी पर्यटकीय गन्तव्यको विकास गर्दै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्नेसमेत उहाँले बताउनुभयो ।

गुराँसको राजधानी घोषणा गरिएको पर्यटकीय क्षेत्र ¬¬(टिएमजे) तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक मैत्री संरचना निर्माण गरिएका छन् । गुराँस फुल्ने याममा उक्त, क्षेत्रमा देश तथा विदेशबाटसमेत पर्यटकहरु आउने गर्छन् । विशेषगरी पूर्वी तराई तथा भारतको विहार, सिक्किम, दार्जिलिङ क्षेत्रबाट बर्सेनि हजाराँै पर्यटकहरु यहाँ आउने गर्छन् ।

सो समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने बताउनुभयो । उहाँले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताउँदै नेपालीहरुले भारतीय सेनामा कार्यरत रही भारतमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

टिएमजे क्षेत्र तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमानामा पर्छ । यहाँ २८ प्रजातिका गुराँस पाइन्छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाले सो समारोहको समन्वय गरेको थियो । नगरप्रमुख अर्जुनबाबु माबुहाङले रित्तिरहेको पहाडलाई यस्ता पर्यटकीय क्षेत्रमा निर्माण गरिने संरचना र प्रचारप्रसारले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख माबोहाङकै परिकल्पनामा गुराँसे जङ्गलको बीचमा आरआर गार्डेन निर्माण गरिएको हो । त्यसैगरी रैथाने शैलीमा चोत्लुङ पार्क निर्माण गरिएको छ । जसले पर्यटकीय नगरी लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकीय चहलपहल बढेको छ ।

समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरु सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो । रासस