काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको भन्दै मानव सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने बताएको छ ।
दूतावासले एक सूचना जारी गर्दै उक्त यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै नपुग्ने भएकाले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउने जनाएको छ ।
‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् ।’ सूचनामा भनिएको छ ।
यस्तै, दूतावासले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गरेको जनाउँदै सिमानालाई मजबुत बनाई अमेरिकी नागरिकहरूको सुरक्षा गर्ने र गैरकानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्ने पनि जनाएको छ ।
सूचनामा भनिएको छः
गैरकानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक छ
गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् । यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ ।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ । हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैरकानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ ।










